काठमाडौं, जेठ २७ — कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषिउपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार विभिन्न तरकारी, फलफूल, मसला तथा अन्य कृषि उत्पादनको मूल्यमा फरक–फरक दर कायम गरिएको छ।
समितिले गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, ठूलो (भारतीय) ७० रुपैयाँ, सानो (लोकल) २० रुपैयाँ तथा टनेल गोलभेँडा ३७ रुपैयाँ निर्धारण गरेको छ। आलु रातो (लाम्चो) ३८ रुपैयाँ, गोलो ३२ रुपैयाँ र मुढे आलु ३५ रुपैयाँ प्रतिकिलो कायम हुँदा भारतीय सुकेको प्याज ४३ रुपैयाँ प्रतिकिलो तोकिएको छ।
हरियो तरकारीतर्फ गाजर १०० रुपैयाँ, स्थानीय बन्दा ६० रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, सेतो मूला २० रुपैयाँ, लाम्चो भन्टा ४० रुपैयाँ र डल्लो भन्टा ५० रुपैयाँ प्रतिकिलोमा कारोबार हुने जनाइएको छ।
दाल तथा कोसेबाली समूहमा मटरकोसा २०० रुपैयाँ प्रतिकिलोमा सबैभन्दा महँगो देखिएको छ। घिउ सिमीका विभिन्न जातको मूल्य ५० देखि १०० रुपैयाँसम्म निर्धारण गरिएको छ भने भटमास कोसा १२० रुपैयाँ र टाटे सिमी ७० रुपैयाँ प्रतिकिलो कायम भएको छ।
त्यस्तै, लौका, घिरौँला, फर्सी तथा स्कुसजस्ता मौसमी तरकारीको मूल्य ४० देखि ६० रुपैयाँ प्रतिकिलोको हाराहारीमा रहेको छ। भिन्डी ३५ रुपैयाँ र सखरखण्ड ७० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
सागसब्जीतर्फ रायो साग ५० रुपैयाँ, पालुङ्गो र चम्सुरको साग ९०–९० रुपैयाँ तथा हरियो प्याज ९० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ। च्याउमध्ये कन्य च्याउ २३० रुपैयाँ, डल्ले र राजा च्याउ ३५० रुपैयाँ तथा सिताके च्याउ १ हजार रुपैयाँ प्रतिकिलोमा बिक्री हुने उल्लेख गरिएको छ।
फलफूलतर्फ फुजी स्याउ ३०० रुपैयाँ प्रतिकिलो, नेपाली केरा प्रतिदर्जन २०० रुपैयाँ र मालभोग केरा २२० रुपैयाँ प्रतिदर्जन कायम गरिएको छ। कागती १७० रुपैयाँ, अनार ४२० रुपैयाँ, मालदह आँप ७० रुपैयाँ तथा दशहरी आँप १०० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
यसैगरी, जुनार २२o रुपैयाँ, भुइँकटहर २०० रुपैयाँ, नासपाती १६० रुपैयाँ, नेपाली मेवा ९० रुपैयाँ, भारतीय मेवा १०० रुपैयाँ तथा स्थानीय लिची २५० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
मसला तथा अन्य उत्पादनमा अदुवा १३० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ, अकबरे खुर्सानी ३०० रुपैयाँ, हरियो धनियाँ १०० रुपैयाँ तथा हरियो लसुन २०० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ। लसुन सुकेको (चाइनिज) २२० रुपैयाँ र नेपाली लसुन १८० रुपैयाँ प्रतिकिलोमा कारोबार हुने समितिले जनाएको छ।
माछातर्फ सुकेको माछा १ हजार रुपैयाँ प्रतिकिलोमा सबैभन्दा महँगो रहेको छ भने ताजा रहु माछा ३४० रुपैयाँ, बचुवा ३०० रुपैयाँ र छडी माछा २५० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
समितिले सार्वजनिक गरेको मूल्यसूची कालीमाटी बजारको थोक कारोबारका लागि लागू हुने जनाएको छ। खुद्रा बजारमा भने स्थान र मागअनुसार मूल्यमा केही अन्तर हुन सक्ने बताइएको छ।


दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्