वर्षायामको जोखिमले बिपी राजमार्गमा रात्रीकालीन आवागमन रोक

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २३

काभ्रेपलाञ्चोक । पहिरो र बाढीको जोखिम बढ्दै गएपछि बिपी राजमार्गमा रातको समयमा सवारी आवागमनमा पुनः प्रतिबन्ध लगाइएको छ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार काभ्रेपलाञ्चोकको कटुञ्जेदेखि सिन्धुलीको नेपालथोकसम्मको सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालन बन्द रहनेछ। यो व्यवस्था अर्को सूचना जारी नभएसम्म लागू रहने जनाइएको छ।

वर्षासँगै आउने बाढी र पहिरोका कारण सडक अवरुद्ध हुने जोखिम बढेकाले यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *