|
२०८३ जेष्ठ २०
बुटवल, जेठ २० — नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीलाई तत्काल संरचनागत र नेतृत्वगत रूपान्तरण आवश्यक रहेको बताएका छन्।
प्रेस चौतारी रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गत निर्वाचनको नतिजाले पार्टीलाई गम्भीर सन्देश दिएको भन्दै अब “काँचुली फेर्नुपर्ने” अवस्था आएको टिप्पणी गरे।
पाण्डेका अनुसार पार्टीले पुरानो कार्यशैली त्यागेर डिजिटल युगअनुसार रूपान्तरण गर्नुपर्ने आवश्यकता छ। उनले संगठनात्मक सुधारका लागि आन्तरिक अध्ययन तथा सुझाव संकलन भइरहेको पनि जानकारी दिए।
नेता पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम, उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै नेतृत्वबारे पुनर्विचार गर्नुपर्ने धारणा राखे। उनका अनुसार पार्टीलाई पुनर्जीवित बनाउन सबै नेता–कार्यकर्ताले पद त्याग गर्न तयार हुनुपर्छ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्