राष्ट्रिय सभामा आजबाट बजेटमाथि बहस सुरु हुने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २०

काठमाडौं, जेठ २० — संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज दिउँसो १२:१५ बजे बस्ने तय भएको छ। बैठकमा सरकारद्वारा प्रस्तुत विभिन्न विधेयक तथा आगामी आर्थिक वर्षको बजेटसम्बन्धी विषयमा छलफल अघि बढाइनेछ।

आजको कार्यसूचीअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभामा पेश गर्नेछन्।

त्यसैगरी, आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले प्रस्तुत गरेको राजस्व र खर्चको वार्षिक अनुमानमाथि राष्ट्रिय सभामा औपचारिक छलफल पनि आजदेखि प्रारम्भ हुने भएको छ। संसद सचिवालयका अनुसार आगामी दिनहरूमा बजेटका विभिन्न पक्षबारे सदस्यहरूले धारणा राख्ने कार्यक्रम रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *