मधेसका चार जिल्लामा एआई मार्फत बीमा साक्षरता अभियान: सानिमा जिआईसी र वाइज याक बीच सम्झौता

DaksuMedia दाक्सु मिडिया
|
जेष्ठ १९, २०८३

काठमाडौं : आधुनिक प्रविधिको प्रयोग गरेर ग्रामीण भेगसम्म बीमाको पहुँच पुर्‍याउने उद्देश्यले सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड र वाइज याक सोलुसन्स प्रा.लि. बीच एक महत्वपूर्ण सम्झौता भएको छ ।

२०८३ जेठ १७ गते भएको यस सम्झौता अनुसार सिराह, सप्तरी, धनुषा र महोत्तरी जिल्लाका बीमा पहुँच नपुगेका विपन्न तथा ग्रामीण वर्गलाई लक्षित गरी एआई (आर्टिफिसियल इन्टेलिजेन्स) को माध्यमबाट कृषी, पशुपन्छी तथा लघु बीमा सम्बन्धी सचेतना कार्यक्रम चलाइने छ । स्थानीय बासिन्दालाई बुझ्न सहज होस् भनी यो अभियान स्थानीय भाषामै सञ्चालन गरिने कम्पनीले जनाएको छ ।

सम्झौता पत्रमा सानिमा जिआईसीका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय र वाइज याकका प्रमुख कार्यकारी अधिकृत प्रा.डा. सुरेश मानन्धरले हस्ताक्षर गर्नुभएको छ । यो प्रविधिमैत्री अभियानले मधेस प्रदेशका कुना-काप्चासम्म बीमाको दायरा बढाउने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *