सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नवौं वार्षिक साधारण सभा सम्पन्न

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २५

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आर्थिक वर्ष २०८१/०८२ को नवौं वार्षिक साधारण सभा पुस २४ गते बिहीबार शुभ इभेन्ट्स, गोल्फुटार, काठमाडौंमा सम्पन्न भएको छ।

कम्पनीका अध्यक्ष रतनलाल केडियाको अध्यक्षतामा सम्पन्न सभामा अध्यक्षले स्वागत मन्तव्यका साथै वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। सभाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरण सर्वसम्मतिले पारित गरेको छ।

साधारण सभाले सञ्चालक समितिको प्रस्तावअनुसार हालको चुक्ता पूँजी ५ अर्ब १ करोड ४९ लाख २४ हजार ५६ रुपैयाँको १०.१७८० प्रतिशतका दरले ५१ करोड ४ लाख १८ हजार ९७० रुपैयाँ बराबरको नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८१/०८२ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि अनुमोदन गरिएको छ।

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले संस्थागत सुशासन, प्रणाली विकास, ग्राहकमुखी सेवा, अभिकर्तामैत्री कार्यक्रम, शाखा सञ्जाल विस्तार, सूचना प्रविधिको प्रयोग, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली र खर्चमा मितव्ययी नीतिका कारण कम्पनीले बीमा बजारमा सम्मानजनक स्थान बनाउन सफल भएको बताए।

उनले मर्जरपछिका चुनौतीलाई धैर्यतापूर्वक व्यवस्थापन गर्दै कम्पनीलाई सबल र सक्षम संस्थाका रूपमा सञ्चालन गर्दै आइरहेको जानकारी पनि गराए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *