|
२०८३ जेष्ठ १९
काठमाडौं, जेठ १९ — रूसले युक्रेनका विभिन्न क्षेत्रमा गरेको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन्।
राजधानी किएभसहित डिनिप्रो र खार्किभ क्षेत्रमा भएको आक्रमणबाट ठूलो जनधनको क्षति भएको जनाइएको छ। अधिकारीहरूका अनुसार आक्रमणपछि धेरै स्थानमा आगलागी र विद्युत् सेवा अवरुद्ध भएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सुरक्षा सहयोग बढाउन अन्तर्राष्ट्रिय समुदायसँग पुनः आग्रह गरेका छन्। युद्धका कारण दुवै पक्षबीच तनाव थप चर्किएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्