|
२०८३ जेष्ठ १८
काठमाडौंमा सङ्घीय संसद्को प्रतिनिधि सभामा आजदेखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुने भएको छ। दोस्रो अधिवेशनअन्तर्गत आज दिउँसो १ बजे बस्ने सोह्रौँ बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि प्रारम्भिक छलफल अघि बढाइने कार्यसूची रहेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। प्रस्तावपछि सदनमा बजेटका विभिन्न पक्षबारे सामान्य छलफल सुरु हुने संसद् सचिवालयले जनाएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्