संसद्मा बजेट बहस तीन दिन चल्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १५

काठमाडौं । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि प्रतिनिधि सभामा तीन दिनसम्म छलफल हुने भएको छ। सभामुख डोलप्रसाद अर्यालले बजेटसम्बन्धी विधेयकमाथि जेठ १८, १९ र २० गते निरन्तर बहस गरिने जानकारी दिएका हुन्।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संयुक्त सदनमा बजेट प्रस्तुत गरेपछि संसद्ले छलफलको कार्यतालिका तय गरेको हो। निर्धारित समयमा सांसदहरूले बजेटका विभिन्न पक्षमाथि धारणा राख्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *