काठमाडौं, जेठ १८ — कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार अधिकांश तरकारी तथा फलफूलको मूल्य स्थिर रहे पनि केही वस्तुको भाउमा सामान्य उतारचढाव देखिएको छ।
आजको मूल्यसूचीअनुसार ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ६५ रुपैयाँ, रातो आलु ३०–३५ रुपैयाँ र भारतीय प्याज ४३ रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै स्थानीय बन्दा ४० रुपैयाँ, काउली ८० रुपैयाँ तथा विभिन्न प्रकारका सिमी ७० देखि १३० रुपैयाँ प्रतिकिलोसम्म कायम गरिएको छ।
फलफूलतर्फ फुजी स्याउ ३०० रुपैयाँ प्रतिकिलो, मालभोग केरा प्रतिदर्जन २२० रुपैयाँ, अनार ४२० रुपैयाँ तथा विभिन्न जातका आँप १२० देखि १३० रुपैयाँ प्रतिकिलोमा बिक्री हुने जनाइएको छ।
समितिले दैनिक बजार अवस्थाअनुसार मूल्य निर्धारण गरिने र आपूर्ति तथा मागका आधारमा दर परिवर्तन हुन सक्ने जनाएको छ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्