काठमाडौं, साउन २२ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटि बैठक आज दिउँसो ४ बजे बस्ने भएको छ । सरकार गठन भएको तीन हप्ता वित्दै गर्दा पनि मन्त्रीहरु दिन नसकेको माओवादीले आजको बैठकमा पनि मन्त्रीहरुकै विषयमा छलफल गर्ने भएको छ ।
यस्तै नेताहरुका अनुसार आजको बैठकमा सरकार सञ्चलनका लागि सत्तारुढ दलको कार्यदलले बुझाएको प्रतिवेदन र मन्त्री छनोटबारे छलफल हुनेछ ।
काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको सात सदस्यीय कार्यदलले आजै बिहान गठबन्धनका शीर्ष नेतालाई सरकार सञ्चालनबारे प्रतिवेदन बुझाएको थियो । यसअघि माओवादी अध्यक्ष प्रचण्डले कार्यदलले प्रतिवेदन बुझाएपछि मन्त्रीबारे टुङ्गो लगाउने बताएका थिए ।
माओवादीमा मन्त्री बन्ने आकांक्षी नेताहरु धेरै भएपछि नेतृत्वलाई छान्न सकस परिरहेको छ । गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले अहिलेसम्म आफ्नो मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन् । पहिलो चरणमा काँग्रेसका दुई र माओवादीका २ जना मन्त्री नियुक्त गरेका प्रधानमन्त्री देउवाले दोस्रो पटक स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए । श्रेष्ठको नियुक्तिको विषयलाई लिएर काँग्रेसमै आलोचना भएको थियो ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्