|
२०८३ जेष्ठ १४
काठमाडौँ, जेठ १४ — मुस्लिम समुदायको महान् पर्व बकर इद आज देशभर श्रद्धा र उत्साहका साथ मनाइँदै छ। बिहानैदेखि मुस्लिम धर्मावलम्बीहरू मस्जिद तथा इदगाहमा पुगेर सामूहिक नमाज अदा गरेका छन्।
पर्वका अवसरमा काठमाडौँको नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत विभिन्न स्थानमा भक्तजनको उल्लेखनीय भीड देखिएको छ। नमाजपछि एकअर्कामा शुभकामना साटासाट गर्ने परम्परा पनि निभाइएको छ।
धार्मिक विश्वासअनुसार हजरत इब्राहिमले अल्लाहको आदेश पालनाका लागि आफ्ना पुत्र इस्माइललाई बलिदान दिन तयार भएको सम्झनामा बकर इद मनाइन्छ। यही अवसरमा मुस्लिम समुदायले धार्मिक विधिअनुसार कुर्बानी दिने चलन छ।
कुर्बानीको मासु गरिब, आफन्त र परिवारबीच बाँडेर सामाजिक सद्भाव र सहयोगको सन्देश दिने परम्परा रहेको बताइन्छ। सरकारले पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्