अमेरिका–इरान वार्तामा अझै गम्भीर चुनौती, वार्ताबारे स्थिति अत्यन्तै अनिश्चित

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ८

काठमाडौं । पाकिस्तानको मध्यस्थतामा भइरहेको अमेरिका र इरान बिचको वार्तामा केही प्रगति देखिए पनि अझै गम्भीर असहमति कायम रहेको बताइएको छ । तेहरानबाट रिपोर्टिङ गर्ने संवाददातालाई उद्धृत गर्दै अल जजिराले प्रकाशित गरेको समाचार अनुसार वार्ताबारे स्थिति अत्यन्तै अनिश्चित छ ।

कहिले ठुलो प्रगति भएको खबर आउँछ भने कहिले गहिरो मतभेद अझै बाँकी रहेको विवरण सार्वजनिक हुन छाडेको छैन । इरानले अमेरिकी प्रस्तावहरू अध्ययन गरिरहेको र आफ्नो प्रतिक्रिया पाकिस्तानी मध्यस्थकर्तामार्फत पठाउने जनाएको छ । पाकिस्तानका गृहमन्त्री मोहोसिन नकवी पछिल्ला तीन दिनदेखि तेहरानमा छन् ।

दुवै पक्षबिचको दूरी कम गर्न उनले प्रयास गरिरहेका छन् । यसैबिच पाकिस्तानका सेना प्रमुख असिम मुनिर पहिले अपेक्षित समयमा तेहरान पुगेका छैनन् । विश्लेषकहरूका अनुसार महत्त्वपूर्ण प्रगति नभएसम्म उनले भ्रमण गर्ने सम्भावना रहेको छैन ।

वार्तामा मुख्य विषयवस्तुहरूमा गम्भीर मतभेद देखिएको छ । इरानले सबै मोर्चामा युद्ध पूर्ण रूपमा रोक्नुपर्ने पहिलो चरणको सर्त अघि सारेको छ भने अमेरिका भने युद्धलाई चरणबद्ध रूपमा अन्त्य गर्नुपर्ने पक्षमा छ ।

यसका अतिरिक्त, अमेरिकाले ४ सय किलोग्रामभन्दा बढी संवद्र्धित युरेनियम देश बाहिर पठाउनुपर्ने माग गरेको छ । तर इरानले यो माग अस्वीकार गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *