काठमाण्डौँ । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीको चर्को मूल्यवृद्धिका कारण देशभरका निर्माण आयोजना ठप्प हुने अवस्थामा पुगेको भन्दै सरकारसँग तत्काल समाधानको माग गरेको छ। महासंघले सार्वजनिक खरिद ऐनको दफा ५५ (१) अनुसार मूल्य समायोजनको व्यवस्था कार्यान्वयन नभएको गुनासो गर्दै मन्त्रिपरिषद्बाटै ‘बाधा अड्काउ फुकाउ’मार्फत निर्णय गर्नुपर्ने माग गरेको हो ।
महासंघका अध्यक्ष निकोलस पाण्डेले कर्मचारीहरू अख्तियार र बेरुजुको डरले निर्णय गर्न नसकेको बताए । महासचिव शिवहरी घिमिरे ले जिल्ला दररेट प्रणाली त्रुटिपूर्ण रहेको भन्दै मूल्य पुनरावलोकन नहुँदा व्यवसायी मर्कामा परेको बताए ।
महासंघका अनुसार हाल ३१ हजारभन्दा बढी ठेक्का जोखिममा छन् भने ढुङ्गा, गिटी, बालुवा लगायत सामग्री अभाव र कालोबजारीले लागत अस्वाभाविक रूपमा बढाएको छ।
यसैबीच, पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले निर्माण क्षेत्रको समस्या समाधान नगरी विकास सम्भव नरहेको स्वीकार गर्दै मन्त्रालय र सम्बन्धित निकायसँग तत्काल छलफल गरी आवश्यक कानुनी तथा नीतिगत सुधारका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्