काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित लखीमपुर खीरीमा सोमबार बिहानभएको एक सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ।
तीव्र गतिमा गुडेको ट्रकले अगाडिबाट आइरहेको म्याजिक गाडीलाई सिधा ठक्कर दिँदा दुर्घटना भएको हो ।
म्याजिकमा दुई महिलासहित कुल १० जना सवार थिए। दुर्घटनामा परेका सबै जनाको ज्यान गएको स्थानीय प्रहरीले जनाएको छ।
ठक्कर यति भीषण थियो कि म्याजिक गाडी घिस्रिँदै १० फिट टाढा पुगेर रोकिएको थियो। दुर्घटनामा गाडीभित्र रहेका मानिसहरूको टाउको र अनुहारमा गम्भीर चोट लागेको थियो भने कतिपय यात्रु सिटको बिचमै फसेका थिए ।
ठक्करको जोडले दुई जना यात्रु सडकमा उछिट्टिएका थिए । दुर्घटनालगत्तै आसपासमा रहेका स्थानीय बासिन्दा घटनास्थलमा पुगेर प्रहरीलाई खबर गरी उद्धार कार्य सुरु गरेका थिए ।
प्रहरीले घटनास्थलमा पुग्दा एक जना यात्रु जीवितै भेटिएपछि उनलाई तत्कालै नजिकैको अस्पताल पुर्याएको थियो। तर उपचारका क्रममा उनको पनि मृत्यु भयो ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्