कर्नाटकमा बस र ट्रक एक आपसमा ठोक्किंदा कम्तिमा ११ जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १०

काठमाण्डौँ । भारतको कर्नाटक राज्यमा पर्ने चित्रदुर्ग जिल्लामा भएको सडक दुर्घटनामा कम्तिमा पनि ११ जनाको मृत्यु भएको छ । अन्य २४ जना घाइते भएका छन् ।

चित्रदुर्गका जिल्ला अधिकारी (डीसी) ले बीबीसी हिन्दीसँग दुर्घटना बुधबार राति करिब २ बजे नेशनल हाइवे ४८ मा भएको बताएका छन् ।

बेङ्गलुरूबाट गोकर्णतर्फ जाँदै गरेको एक बस विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएपछि बसमा आगो लागेको उनले जानकारी दिएका छन् ।


घटनास्थलबाट प्राप्त तस्वीरहरूमा दुर्घटना अत्यन्तै गम्भीर देखिएको र बस पूर्णरूपमा क्षतिग्रस्त भएको तथा ट्रकको अगाडिको भाग नराम्ररी क्षतिग्रस्त देखिएको बीबीसीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *