जापानी अटो निर्माता कम्पनी होन्डालाई ७० वर्षयताकै पहिलो वार्षिक घाटा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १

काठमाण्डौँ । जापानी अटो निर्माता कम्पनी होन्डा मोटरले घाटा बेहोरेको छ । सेयर बजारमा सूचीकृत भएको करिब ७० वर्षपछि पहिलो पटक वार्षिक घाटा व्यहोरेको घोषणा कम्पनीले गरेको छ । विद्युतीय सवारी (ईभी) व्यवसाय पुनर्संरचनाका कारण ९ अर्ब डलरभन्दा बढी खर्च हुँदा ठुलो आर्थिक क्षति बेहोर्नुपरेको कम्पनीले जनाएको हो ।

सन् १९५७ मा सेयर बजारमा सूचीकृत भएपछि होन्डाले पहिलो पटक यस्तो वार्षिक नोक्सानी सार्वजनिक गरेको हो । यसले परम्परागत अटो निर्माता कम्पनीहरूले ईभी क्षेत्रमा आक्रामक लगानी गरेर कमजोर मागसँग जुध्नुपर्दा कति जोखिम हुन्छ भन्ने देखाएको विश्लेषण गरिएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत तोशिहिरो मिबेले होन्डाले सन २०३० सम्म नयाँ गाडी बिक्रीको २० प्रतिशत ईभी बनाउने लक्ष्य त्यागेको बताएका छन् । साथै २०४० सम्म सम्पूर्ण बिक्रीलाई विद्युतीय वा फ्युल–सेल सवारीमा रूपान्तरण गर्ने योजना पनि रद्द गरिएको छ । होन्डाले क्यानडामा ईभी तथा ब्याट्री उत्पादनका लागि प्रस्तावित ११ अर्ब डलरको परियोजना अनिश्चितकालका लागि स्थगित गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *