एसवाई प्यानल नेपाल लिमिटेडको शेयर नेप्सेमा सुचिकृत

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २३

काठमाण्डौँ । एसवाई प्यानल नेपाल लिमिटेडको शेयर नेप्सेमा सुचिकृत भएको छ ।

एसवाइ प्यानल नेपालका एक करोड ३० लाख ८१ हजार ३७१ इकाई आइपिओ शेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो । यसमा प्रमोटरहरूले राखेका शेयरहरू र सर्वसाधारणलाई जारी गरिएको सेयर समावेश रहेको छ ।

एसवाइ प्यानलको पहिलो कारोबारको लागि खुला दायरा १०६.६१ देखि ३१९.८३ सम्म रहेको छ । यदि कम्पनीले नेप्सेसँग सम्झौतामा हस्ताक्षर गरेमा, शेयरहरू भोलिपल्ट दोस्रो बजारमा कारोबार हुनेछन् ।

कुल एक करोड ३० लाख ८१ हजार ३७१ इकाई शेयरहरू मध्ये १०० रुपैयाँको ४० लाख ७६ हजार १५६ इकाई आइपीओ शेयरहरू १९ कार्तिक, २०८२ देखि २३ कार्तिक, २०८२ सम्म सर्वसाधारणलाई जारी गरिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *