काठमाडौं, साउन २१ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रस्ताव गरेको विशेष महाधिवेशनबारे उनकै पक्षमा असन्तुष्टि देखिएको छ ।
क्रियाशील सदस्यताको विवाद साम्य नभएपछि वरिष्ठ नेता पौडेलले उक्त प्रस्ताव राखेका हुन्। ‘क्रियाशील सदस्यताको टुङ्गो लाग्न सकेन। भदौ २३ अघि महाधिवेशन हुन नसके पार्टीको वैधानिकतामा प्रश्न उठ्छ, उनले भने, ‘क्रियाशील सदस्यता विवादको समाधान पनि निकाल्दै जाने र त्यस अवधिका लागि तदर्थ समिति गठन गर्ने भनेको हुँ।’
तर उनकै समूहमा भने यसबारे असन्तोष देखिएको छ । जसको विषयमा सहमति जनाउन अहिले पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसिरहेको छ। बैठक मध्याह्न १२ बजेदेखि जारी रहेको चाक्सीबारी स्रोतले जनाएको छ।
यो बैठकमा महाधिवेशनका लागि संकलित क्रियाशील सदस्यता विवाद, विशेष महाधिवेशन प्रस्तावसहितका विषयमा छलफल भइरहेको छ। यो बैठकमा कांग्रेसको महाधिवेशनलाई लिएर अरु वैकल्पिक प्रस्तावमाथि पनि छलफल भइरहेको एकजना नेताले बताएका छन्।
बैठकमा वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री सिंह, महामन्त्री डा. शशांक कोइराला, नेताहरू डा. मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसी र बलबहादुर केसी पनि सहभागी रहेका छन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्