फिफा विश्वकप २०२६ को खेल सञ्चालन हुने तालिका ।

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ३१

काठमाण्डौँ । विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, मेक्सिको र क्यानडामा सञ्चालन हुँदैछ ।

२३औं संस्करणको विश्वकप सुरु हुन अब एक महिना भन्दा कम बाँकी हुँदा अहिले फुटबल समर्थकहरूको ध्यान फिफा विश्वकपतर्फ पनि केन्द्रित छ ।

विश्वकप फुटबलको इतिहासमै अहिलेसम्मकै ठूलो विश्वकपको रहेको यस संस्करणको धेरै विशेषताहरू छन् ।

पहिलो पटक विश्वकप तीन फरक राष्ट्रले आयोजना गर्दैछ भने अहिलेसम्मकै धेरै ४८ राष्ट्रले विश्वकप खेल्दैछ । यस्तै विश्वकप चल्ने दिन पनि बढेर ३९ दिन पुग्दा खेल संख्या १०४ पुगेको छ । विश्वकपको एकै संस्करणमा यो अहिलेसम्मको धेरै खेल हो ।

यस्तै अमेरिकाको ११, मेक्सिकोको ३ र क्यानडाको २ गरी कूल १६ शहरमा विश्वकपका खेलहरू खेलाइनेछन् ।

यस पटक विश्वकपको खेल १३ फरक समयमा खेलाइँदैछ । विश्वकप आयोजना हुने तीनवटै खेल र नेपालको समय अन्तर धेरै भएकोले नेपालमा विश्वकपका खेलहरू मध्यराति देखि विहानसम्म पर्छ ।

विश्वकपको प्रत्यक्ष प्रसारण हिमालय स्पोर्ट्सबाट हुनेछ ।

आयोजक राष्ट्रमा चाँडै सुरु हुने केही खेलहरू नेपाली समय अनुसार राती पौने १० र पौने ११ बजे सुरु हुनेछ ।

त्यस बाहेक अधिकांश खेलहरू मध्यराति भन्दा पछि हुनेछ । मेक्सिको र दक्षिण अफ्रिकाबीचको उद्घाटन खेल नेपालमा मध्यराति १२ः४५ बजे सुरु हुनेछ ।

यस्तै अन्य खेलहरू नेपालमा विहान पौने १ पौने २, पौने ३, पौने ४, पौने ५, पौने ६, पौने ७, पौने ८, पौने ९ र पौने १० बजे सुरु हुनेछ ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *