काठमाण्डौँ । समस्याग्रस्त सहकारीका सञ्चालक र ऋणीहरूले बचतकर्ताको अर्बौँ रुपैयाँ अपचलन गरेर फिर्ता नगरेपछि सरकारले ‘ठुला माछा’ हरूलाई कानुनी घेरामा ल्याउन सक्रियता बढाएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले शुक्रबार दोस्रो पटक ११ वटा समस्याग्रस्त सहकारीका १०९ जना ठुला ऋणीहरूको नामावली सार्वजनिक गर्दै तत्काल कर्जा चुक्ता गर्न अन्तिम चेतावनी दिएको हो।
समितिको वैशाख २३ गतेको निर्णयअनुसार सार्वजनिक गरिएको यो सूचीमा नाम चलेका व्यापारिक घरानादेखि सञ्चार माध्यमसम्म समेटिएका छन्। यसअघि गत २४ गते पनि समितिले १० वटा सहकारीका ९२ जना ऋणीहरूको नाम सार्वजनिक गरेको थियो ।
समितिले यस पटक कृषि विकास बहुउद्देश्यीय, गोरखा सेभिङ एन्ड क्रेडिट, र लुनिभा बहुउद्देश्यीय सहकारी संस्थाका क्रमशः १०, १० र ९ जना ठुला ऋणीहरूको नाम सार्वजनिक गरेको छ । त्यसै गरी हाम्रो कृषि सहकारी, प्यासिफिक सेभिङ एन्ड क्रेडिट, सोसाइटल बचत तथा ऋण सहकारी, र पशुपति सेभिङ एन्ड क्रेडिटका १०(१० जना ठुला ऋणीहरूलाई पनि कालोसूचीमा राख्दै भुक्तानीका लागि आह्वान गरिएको छ। शिव शिखर बहुउद्देश्यीय, स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट, र लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका पनि १०(१० जना प्रभावशाली ऋणीहरू समितिको निशानामा परेका छन् ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्