काठमाडौं । सामरिक रूपमा निकै संवेदनशील मानिने स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबिचको तनाव फेरि तीव्र रूपमा बढेको छ । इरानले मंगलबार अमेरिकामाथि गम्भीर आरोप लगाउँदै अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुजमा सर्वसाधारण चढेका डुङ्गाहरूमा आक्रमण गरी ५ जना नागरिकको हत्या गरेको दाबी गरेको छ।
यसअघि अमेरिकी सेनाले इरानको ‘इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स’ (आईआरजीसी) का हतियारधारी डुङ्गाहरूमाथि कारबाही गरेको दाबी गरेको थियो, जसलाई इरानले पूर्ण रूपमा खारेज गरिदिएको हो।
अमेरिकी एडमिरल ब्राड कुपरले सेन्ट्रल कमान्डका सैनिकहरूले स्ट्रेट अफ होर्मुजमा फसेका जहाजहरूलाई बाहिर निकाल्ने अमेरिकी अभियानमा अवरोध सिर्जना गर्न खोज्ने ६ वटा आईआरजीसीका डुङ्गाहरूलाई डुबाइदिएको बताएका थिए । पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो संख्या ७ पुर्याएका थिए । अमेरिकाले ‘प्रोजेक्ट फ्रिडम’ नाम दिएर चलाएको यो सैन्य अभियानले गत अप्रिल ८ मा दुई देशबिच भएको नाजुक युद्धविरामलाई संकटमा पारेको छ भने सो क्षेत्रमा पुनः युद्ध भड्किने खतरा बढाएको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्