|
२०८३ बैशाख २२
काठमाडौं । इरानी संसद्का सभामुख मोहम्मद गालिबाफले अमेरिकाले होर्मुज क्षेत्रमा जहाज आवागमन र ऊर्जा सुरक्षालाई जोखिममा पारेको आरोप लगाएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत ट्रम्पको ‘प्रोजेक्ट फ्रीडम’ युद्धविराम उल्लंघन भएको र यसले क्षेत्रलाई नाकाबन्दीजस्तै अवस्थामा पुर्याएको बताएका छन् ।
उनले वर्तमान अवस्था लामो समय टिक्न नसक्ने चेतावनी दिँदै इरानले आफ्नो पूर्ण शक्ति अझै प्रदर्शन नगरेको बताएका छन् ।
यस्तै, दक्षिण कोरियाले ‘प्रोजेक्ट फ्रीडम’ मा सहभागी हुनेबारे विचार गरिरहेको जनाएको छ। यो अमेरिकी सैन्य अभियान हो, जसको उद्देश्य होर्मुजमा जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्नु रहेको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्