आज मौसम बदली, केही ठाउँमा भारी वर्षा हुने सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २१

काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ। विशेषगरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

हिमाली तथा पहाडी भू–भागमा वर्षासँगै हिमपातको सम्भावना पनि रहेको छ भने तराईका केही क्षेत्रमा हावाहुरी र असिना पर्न सक्ने बताइएको छ।

आज राति पनि मौसम पूर्णरूपमा नखुल्ने र विभिन्न प्रदेशमा मेघगर्जनसहित मध्यम वर्षा जारी रहने मौसम विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *