आज सुनको मूल्य १ हजार रुपैयाँले घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २०

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । चाँदीको मूल्य भने वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको हो।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ कायम गरिएको छ। यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। आज १० ग्राम सुनको मूल्य २ लाख ५३ हजार रुपैयाँ तोकिएको छ।

सुनको मूल्य ओरालो लाग्दा चाँदीको मूल्यमा भने बढोत्तरी देखिएको छ। शुक्रबार प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ६५ रुपैयाँले बढेर ५ हजार १० रुपैयाँ पुगेको छ। महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय ९५ रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा महासंघले नेपाली बजारमा दैनिक सुनचाँदीको कारोबार मूल्य निर्धारण गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *