काठमाण्डौँ । सरकारले सशस्त्र प्रहरी बल, नेपालको १३ औं महानिरीक्षकमा नारायणदत्त पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।
सशस्त्र प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागका प्रमुख रहेका पौडेलले १८ वैशाखपछि पूरै संगठनको नेतृत्व सम्हाल्नेछन् । हालका आईजीपी राजु अर्याल आईजीपीको चार वर्षे कार्यकाल पूरा गरी १८ वैशाखमा अवकाश जानेछन् ।
स्मरण रहोस्, पौडेल गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा दोषी किटान गरिएका व्यक्ति हुन् । गत भदौ २३ र २४ को घटनामा गम्भीर सुरक्षा लापरबाही गरेको भन्दै आयोगले उनीमाथि कारबाही गर्नुपर्ने भनेको छ । उक्त घटनामा देशभर ७६ जनाको ज्यान गएको थियो भने ८४ अर्बभन्दा माथिको सम्पत्ति क्षति भएको थियो ।
जेनजी आन्दोलनकै जगमा बनेको बालेन्द्र शाह नेतृत्वको सरकारले उक्त घटनाका मुख्य दोषीमध्ये पर्ने पौडेललाई कारबाही गर्नुको साटो पुरस्कृत गरेपछि कस्तो थिति बसाल्न खोजेको हो भन्ने प्रश्न उठेको छ । साथै सुरक्षा निकायहरुबीच उचित समन्वय नगरी गम्भीर लापरवाही गर्ने अधिकारीलाई पनि कारबाही नगर्ने र उल्टै पुरस्कृत गर्दै जाने हो भने भविष्यमा पनि कुनै पनि अधिकारीले आफ्नो जिम्मेवारी ठिकसँग पूरा गर्ने छैनन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्