नेपाल–चीन सहकार्य थप बलियो बन्ने संकेत

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १०

काठमाडौंमा आयोजित एक सांस्कृतिक कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले नेपाल–चीन सम्बन्ध आगामी दिनमा अझ मजबुत हुने बताएका छन्। उनले नेपालले कुनै पनि छिमेकीविरुद्ध आफ्नो भूमि प्रयोग हुन नदिने स्पष्ट पार्दै चीनलाई विकासको भरोसायोग्य साझेदारका रूपमा प्रस्तुत गरे।

चीनबाट प्राप्त सहयोगले नेपालको पूर्वाधार र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्दै उनले दुई देशबीच सहकार्य थप विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए। साथै, कृषि, पर्यटन र बैंकिङ क्षेत्रमा समेत सहकार्य बढाउने विषयमा छलफल चलिरहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *