काठमाडौँ — अर्थमन्त्री रामेश्वर खनालले नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र भौगोलिक रूपमा बलियो रहेको बताएका छन्। नेपाल–भारत उद्योग वाणिज्य संघको ३१औँ स्थापना दिवसका अवसरमा शुक्रबार साँझ आयोजित कार्यक्रममा उनले नेपालको आयात–निर्यातमा भारतको ठूलो भूमिका रहेको बताए।
अर्थमन्त्री खनालले नेपाल–भारत बीचको आर्थिक सम्बन्धलाई अझ मजबुत बनाउन उद्योग वाणिज्य संघले महत्वपूर्ण भूमिका खेलेको बताए। उनले भारत हाम्रो मुख्य व्यापारिक साझेदार भएको उल्लेख गर्दै ऊर्जा, पूर्वाधार र अन्य क्षेत्रहरूमा सहकार्य भइरहेको जानकारी दिए।
संघका अध्यक्ष सुनिल केसीले संघले विगत ३० वर्षदेखि व्यापार, लगानी र व्यवसाय प्रवर्द्धनमा काम गर्दै आएको बताए। कार्यक्रममा उत्कृष्ट कर तिर्ने कम्पनीहरूलाई सम्मान गरिएको थियो र अन्तरदेशीय प्रसारण लाइन निर्माणमा निजी क्षेत्रको भूमिका विषयमा पनि छलफल भएको थियो।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्