काठमाण्डौँ । गृहमन्त्री सुधन गुरुङले पद सम्हालेको २६ दिनमै राजीनामा दिएका छन् । विवादित व्यापारीसँग सेयर लगानीसम्बन्धी उठेका प्रश्नहरूका कारण उनले नैतिकताको आधारमा आज राजीनामा दिएका हुन् ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिमण्डलमा चैत १३ गते गृहमन्त्री बनेका गुरुङको बहिर्गमनसँगै नयाँ गृहमन्त्री को बन्ने भन्ने चासो बढेको छ ।
स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीबाट महामन्त्री कवीन्द्र बुर्लाकोटी गृहमन्त्री बन्ने सम्भावना बलियो देखिएको छ। उनी सभापति रवि लामिछाने निकट नेता मानिन्छन् ।
त्यस्तै, गृहमन्त्री सचिवालय सदस्य दीपक बोहरा र पार्टी प्रवक्ता मनिष झाले पनि दाबी गरेका छन् । तीनै जनाबीच सहमति नभए अन्य विकल्प पनि खोजिन सक्ने बताइएको छ ।
गुरुङमाथि लागेको आरोपबारे पार्टीको अनुशासन आयोगले आन्तरिक अनुसन्धानसमेत अघि बढाएको छ । बढ्दो दबाबबीच उनले प्रधानमन्त्री र पार्टी नेतृत्वसँग छलफल गरेपछि पद त्याग गरेका हुन् ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्