सरकारले नागरिकका मागहरूलाई बेवास्ता गरे सशक्त रूपमा प्रस्तुत हुने : गगन थापा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ९

काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले नागरिकका मागहरूलाई बेवास्ता गरे सशक्त रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै थापाले सरकारले कतिपय निर्णयहरू कानुन मिचेर ‘लहडका भरमा’ गरिरहेको आरोप लगाए ।

सभापति थापाले भदौ २४ गतेको आन्दोलनका क्रममा भएका घटनाहरूको निष्पक्ष र न्यायिक छानबिन गर्न सरकारसँग माग गरे ।

सरकारलाई सचेत गराउँदै उनले कुनै पनि नेपाली नागरिकमाथि अनुसन्धान गर्ने सरकारको अधिकारलाई कांग्रेसले सम्मान गर्ने बताए । तर, अनुसन्धानका नाममा राज्यका निकायहरूले कानुनको पालना गर्नुपर्ने उनको भनाइ थियो ।

कांग्रेसले प्रमुख प्रतिपक्षीको भूमिका निभाउन नसकेको हो भन्ने प्रश्नमा उनले तथ्यका आधारमा आवाज उठाउने उनले बताए ।

यस्तै, उनले पार्टीलाई एक ढिक्का बनाएर लैजाने प्रतिबद्धता समेत व्यक्त गरे । उनले १५ महाधिवेशनमा सबै सँगै जाने बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *