आज सुनको मूल्य ३ हजार रुपैयाँ घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ४

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको हो ।

महासंघले निर्धारण गरेको नयाँ मूल्यसूची अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ५७ हजार ३० रुपैयाँ कायम गरिएको छ, जुन हिजो २ लाख ५९ हजार ६०० रुपैयाँ थियो ।

सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार चाँदी आज तोलामा १ सय २० रुपैयाँले घटेर ५ हजार १ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार चाँदी प्रतितोला ५ हजार २ सय ५० रुपैयाँमा बिक्री भएको थियो । यस्तै, १० ग्राम चाँदीको मूल्य आज ४ हजार ३ सय ९८ रुपैयाँ तोकिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा नेपाल सुनचाँदी व्यवसायी महासंघले स्थानीय बजारमा दैनिक मूल्य निर्धारण गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *