|
२०८३ बैशाख ३
काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दिने निर्णय सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गरेको छ । सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
कांग्रेसभित्र भने सभापतिका लागि सांसदहरू भरत खड्का, मोहन आचार्य, योगेश गौचन र जनकराज गिरीबीच आकांक्षा देखिएको छ।
यसबीच कांग्रेस नेता गगन थापाले रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यलाई सभापतिमा अघि सार्ने चाहना व्यक्त गरेका छन् ।
यसअघि सिंहदरबारमै बसेको प्रमुख प्रतिपक्षी दलहरूको बैठकले पनि लेखा समितिको सभापतिमा कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरिसकेको छ। उक्त बैठकमा नेकपा एमाले लगायतका दलका नेताहरूको सहभागिता रहेको थियो ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्