काठमाडौं। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापति पदमा मनोनयन दर्ता गरेका छन्।
बिहीबार उनले समितिको सभापति पदका लागि मनोनयन दर्ता गरेका हुन्। संसदीय सुनुवाइ समिति ९संयुक्त० को सभापतिको निर्वाचन शुक्रबार हुँदैछ।
यसअघि राज्य व्यवस्था समितिको सभापति रहेका खतिवडाले कुलिङ पिरियडमा गरेको हेरफेरको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएपछि कांग्रेसले उनलाई सुनुवाइ समितिमा सभापति बनाउने निर्णय गरेको थियो।
यसअघि कांग्रेसकी सांसद ईश्वरी देवी न्यौपाने संसदीय सुनुवाइ समितिको सभापति रहेकी थिइन् भने उनले राजीनामा दिएर राज्य व्यवस्था समितिको सभापति बनेपछि उक्त पद रिक्त रहेको थियो।
खतिवडालाई संसदीय सुनुवाइ समितिको सभापति बनाउने उद्देशयसहित नै केही दिन अघि मात्र उनलाई समितिको सदस्य बनाइएको थियो । १३ भदौमा बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले खतिवडालाई सुनुवाइ समितिको सदस्य नियुक्त गरिएको जानकारी गराएका थिए ।
खतिवडाले राजीनामा दिएपछि रिक्त भएको राज्य व्यवस्था समितिको सभापतिमा इश्वरी न्यौपाने निर्वाचित भइसकेकी छिन्। न्यौपाने पहिले संसदीय सुनुवाइ समितिको सभापति थिइन्। उनलाई राजीनामा दिन लगाएर राज्य व्यवस्था समितिमा लगिएको थियो। भदौ १० गते न्यौपानेले राजीनामा दिएपछि संसदीय सुनुवाइ समितिको सभापति पद रिक्त छ।
प्रतिनिधि सभा नियमावलीअनुसार समितिको सभापति पद रिक्त भएको १५ दिनभित्र नयाँ सभापति निर्वाचित गर्नुपर्छ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्