मंगलवार सुनको मूल्य स्थिर, कतिमा छ कारोवार ?

DaksuMedia दाक्सु मिडिया
|
२०७८ श्रावण १९

काठमाडौँ । मंगलवार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएइको छ । गत सोमबार प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज मंगलबार समेत सोही मूल्य कायम भएको हो ।

यस्तै, तेजाबी सुनको मूल्य समेत आज गत सोमबारकै ९१ हजार ८०० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

तर, यता चाँदीको मूल्य भने केही दिनयताको स्थिरता तोड्दै मंगलबार प्रतितोला १० रुपैयाँले घटेर एक हजार २७५ रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *