आज सुनको मूल्य ४ हजार ३ सय रुपैयाँले घट्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २६

काठमाण्डौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ४ हजार ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला २ लाख ९४ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ८ सय ७५ कायम भएको छ ।

हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९९ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार २५ कायम भएको थियो ।

गत मङ्गलबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९१ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८ सय २० कायम भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७ सय १३ र त्यति नै परिमाणको चाँदी ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *