काठमाडौं । दक्षिण कोरियासँग सम्बन्ध सुधारको सम्भावनालाई नै अस्वीकार गर्दै उत्तर कोरियाले लगातार दोस्रो दिन समुद्रतर्फ छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । कूटनीतिक कटुता बढिरहेका बेला भएको यस कदमले कोरियाली प्रायद्वीपमा तनाव थप चर्किने सङ्केत दिएको छ ।
दक्षिण कोरियाको ज्वाइन्ट चिफ्स अफ स्टाफका अनुसार बुधबार उत्तर कोरियाको पूर्वी तटीय वोनसन क्षेत्रबाट प्रक्षेपित क्षेप्यास्त्रहरू करिब २४० किलोमिटर टाढासम्म उडेर पूर्वी जलक्षेत्रमा खसेका छन् । दक्षिण कोरियाले अमेरिकासँगको आफ्नो सुदृढ सैन्य गठबन्धनमार्फत यस्ता कुनै पनि उक्साहटको कडा प्रतिकार गर्न तयार रहेको स्पष्ट पारेको छ ।
यसअघि मङ्गलबार पनि उत्तर कोरियाले राजधानी आसपासबाट अज्ञात क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले जनाएको थियो । उक्त प्रक्षेपणको विवरण दक्षिण कोरिया र अमेरिकी गुप्तचर निकायहरूले अझै विश्लेषण गरिरहेका छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्