|
२०८२ चैत्र २२
काठमाण्डौँ । प्रतिनिधि सभाको आइतबारको कार्यसूची सभामुख निर्वाचनमात्रै छ । संघीय संसद् सचिवालयले निकालेको कार्यसूचीमा सभामुख पदको निर्वाचनमात्रै उल्लेख रहेको हो ।
कार्यसूची अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेले सदस्य डोलप्रसाद अर्याललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रसाव पेस गर्नेछन् ।
त्यो प्रस्तावको कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक, पूर्वाधार तथा यातायातमन्त्री एवं सहरी विकासमन्त्री सुनिल लम्सालले समर्थन गर्नेछन् ।
त्यो बाहेक अर्को कार्यसूची छैन ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्