|
२०८२ चैत्र २१
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले आज बिहान आकस्मिक जाँच अभियानको क्रममा मदिरा सेवन गरी सडकमा सवारी चलाइरहेका नौ जना चालकलाई नियन्त्रणमा लिएको छ।
कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार, पक्राउ पर्नेहरू सार्वजनिक यातायातका सवारी साधनका चालक हुन्। उनले बताए, “हामीले उपत्यकाका विभिन्न स्थानमा विशेष अभियानअन्तर्गत सप्राइज चेकिङ गरेका थियौँ। मादक पदार्थ सेवन गरी सवारी हाँक्ने नौ चालकलाई नियन्त्रणमा लिएका छौँ।”


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्