|
२०८२ चैत्र १८
काठमाण्डौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल र सुहाङ नेम्वाङले दाबी गरेका छन् ।
ललितपुरस्थित केन्द्रीय कार्यालय च्यासलमा बसेको दलको बैठकमा बादललाई सर्वसम्मत रूपमा दलको नेता चयनका लागि छलफल भइरहेको एक सांसदले जानकारी दिए । सहमति नभएको निर्वाचन प्रक्रियाबाट टुङ्गो लगाउने ती सांसदले बताए ।
ती सांसदका अनुसार अहिले सर्वसम्मत रूपमा नेता चयन गर्न छलफलमै रहेका छन् । फागुन २१ मा भएको निर्वाचनमा एमालेले २५ सिट जितेको थियो ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्