|
२०८२ चैत्र १५
काठमाण्डौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संसदीय दल नेता चयन गरेको छ।
आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको संसदीय दल बैठकले पार्टी संयोजकसमेत रहेका प्रचण्डलाई सर्वसम्मत रूपमा संसदीय दल नेता चयन गर्ने निर्णय गरेको हो ।
सांसद युवराज दुलालले संयोजक प्रचण्डलाई सर्वसम्मत रूपमा संसदीय दल नेता चयन गर्ने निर्णय भएको सेतोपाटीलाई जानकारी दिएका छन् ।
अब संसदीय दल नेता प्रचण्डले उपनेता र प्रमुख सचेतक तोक्नेछन् ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाका नवनिर्वाचित सांसदहरूसहित पेरिसडाँडामा आज बैठक बसेको हो ।
प्रतिनिधि सभामा नेकपाका १७ जना सांसद छन् ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्