आज सुनको भाउ करिब ३ हजारले घट्यो, तोलाको कति पुग्यो ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १२

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । सुन तोलामा २ हजार ९०० ले घटेको छ भने चाँदी पनि १०० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला २ लाख ८५ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ८ सय २० कायम भएको छ ।

हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला २ लाख ८८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ८ सय २० कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ५ हजार १ सय ७० र त्यति नै परिमाणको चाँदी ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *