नेपालमा भोलिदेखि लगातार ३ दिन उच्च पदस्थ अधिकारीको शपथ कार्यक्रम

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १०

काठमाण्डौँ । चैत ११ गतेदेखि ३ दिन नेपालमा उच्च पदस्थ अधिकारीले पद तथा गोपनियताको शपथ लिने कार्यक्रम तय भएका छन् । ३ दिन भित्र शपथ लिनेमा कार्यपालिका प्रमुख (प्रधानमन्त्री) देखि व्यवस्थापिका प्रमुख र व्यवस्थापिकाका सदस्यसम्म छन् ।

बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा फागुन २१ गते सम्म प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित २७५ सांसद मध्यका ज्येष्ठ सदस्य नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ दिलाउने कार्यक्रम तय भएको छ । उनको शपथ बिहान सवा ११ बजे हुने तय भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

केसीले प्रतिनिधिसभामा निर्वाचित बाँकी २७४ सांसदलाई चैत १२ गते बिहीबार दिउँसो २ बजे सिंहदरबार पुतली बगैँचामा निर्मित बहुउद्देश्यीय हलमा पद तथा गोपनियताको शपथ खुवाउने कार्यक्रम तय भएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन् ।

चैत १३ गते शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति पौडेलसँग शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिने निश्चित भएको छ । तर, समय भने यकिन भइनसकेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *