|
२०८२ चैत्र ७
डेइजोन, दक्षिण कोरिया – शुक्रबार दिउँसो अटो पार्ट्स बनाउने कारखानामा लागेको आगोमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ५९ जना घाइते भएका छन्। चार जना अझै बेपत्ता छन्।
स्थानीय समयअनुसार दिउँसो करिब १:१७ बजे आगो फैलिँदा भवनभित्र १७० जना कामदार फसेका थिए। दमकल र उद्धार टोलीले राति ढिलो गरी उद्धार अभियान सञ्चालन गर्न सके। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
अधिकारिहरूले आगोको कारण औद्योगिक उपकरण वा ज्वलनशील पदार्थको सम्भावना रहेको प्रारम्भिक अनुमान व्यक्त गरेका छन्। घटनापछि सुरक्षा मापदण्ड कडा गरी लागू गर्ने र कारखानाहरूमा निरीक्षण बढाउने निर्णय भएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्