बिहारबाट प्रवेश गरेको वर्षा प्रणाली: चितवनमा बढी प्रभाव, काठमाडौं उपत्यकामा कम

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ७

काठमाडौं — भारतको बिहार बाट प्रवेश गरेको वर्षा प्रणालीले बागमती प्रदेशमा वर्षा गराउने अपेक्षा गरिएको छ।

मौसमविद् अनुसार प्रणाली पश्चिम चितवन बाट सुरु भएर पूर्वतर्फ बढ्नेछ। भरतपुर, भण्डारा, टाँडी, मुग्लिङ र शक्तिखोर क्षेत्रमा ठूलो वर्षाको सम्भावना छ।

धादिङ र उत्तरी मकवानपुर हुँदै बिहान १०–११ बजे काठमाडौं उपत्यकामा पुग्ने अनुमान छ, तर उपत्यकामा वर्षाको अवधि ३ घण्टाभित्र सीमित रहने देखिएको छ।

गत २४ घण्टामा लेटाङ, मोरङ मा सबैभन्दा धेरै ६१.६ मि.मि. वर्षा भएको र सडक, विद्युत् तथा सन्चार सेवामा असर परेको मौसम विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *