विविधतामा एकता: राष्ट्रपतिद्वारा ईदको शुभकामना

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ७

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक र सामाजिक विविधताबीचको एकताले नेपाली राष्ट्रियतालाई अझ मजबुत बनाउने बताएका छन्।

ईद उल फित्रका अवसरमा शुभकामना दिँदै उनले यस पर्वले आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे।

उनका अनुसार ईद पर्वले मुस्लिम समुदायको संस्कृति संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै समाजमा भाइचाराको भावना बढाउन प्रेरणा दिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *