माघे सङ्क्रान्तिले राष्ट्रिय एकता र सद्भाव बढाउने राष्ट्रपतिको विश्वास

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति र माघी जस्ता पर्वले नेपाली समाजमा आपसी सद्भाव, मेलमिलाप र राष्ट्रिय एकता मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

माघे सङ्क्रान्ति तथा माघी पर्व २०८२ को अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्ता पर्वले बहुजातीय र बहुसांस्कृतिक नेपाली समाजमा सहिष्णुता र बन्धुत्वको भावना बढाउने बताएका हुन्।

राष्ट्रपति पौडेलका अनुसार माघे सङ्क्रान्ति विभिन्न समुदायले आ–आफ्नो परम्पराअनुसार मनाउने पर्व हो भने थारू समुदायले माघीलाई नयाँ वर्षका रूपमा मनाउँछन्। यस अवसरमा परम्परागत परिकार खाने, नदीमा स्नान गर्ने र पूजा–अर्चना गर्ने चलन रहिआएको छ।

उनले यस्ता मौलिक पर्वहरूले नेपाली संस्कृति संरक्षण गर्नुका साथै देशलाई विश्वसामु चिनाउन सहयोग पुर्‍याउने उल्लेख गर्दै समतामूलक र सुसंस्कृत समाज निर्माणमा प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *