होर्मुज क्षेत्रबाट एक नेपाली इरानको कब्जामा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ६

काठमाण्डौँ । इरानले होर्मुज क्षेत्रबाट एक जना नेपालीलाई पक्राउ गरेको छ।

परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा होर्मुज क्षेत्रबाट एक नेपालीलाई पक्राउ गरेको जानकारी दिएको हो । पक्राउ परेका व्यक्ति अमृत झा रहेको बताइएको छ ।

परराष्ट्रको पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले पत्रकार सम्मेलनमा होर्मुज क्षेत्रबाट एक जना नेपालीलाई पक्राउ गरेको बताएका हुन् । होर्मुज क्षेत्रमा पानी जहाजमा काम गर्ने क्रममा ईरानले जहाजका सबै क्रु मेम्बरलाई नियन्त्रणमा लिएको थियो। सोहि क्रममा उनी पनि परेका हुन् । पक्राउ परेको विषयमा आफन्तहरूले परराष्ट्रलाई जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *