आज सुनको मूल्य ७ हजार ८ सय रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र ६

काठमाण्डौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ । केही दिनयता घट्दो क्रममा रहेको छापावाल सुनको मूल्य शुक्रबार पनि प्रतितोला ७ हजार ८०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ४ सय ८५ रुपैयाँ कायम छ ।

सुनसँगै चाँदीको मूल्यमा पनि आज ओरालो लागेको छ। बिहीबार प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी आज १ सय १५ रुपैयाँले घटेर ४ हजार ८ सय ९५ रुपैयाँ पुगेको छ।

महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ४ हजार १ सय ९७ रुपैयाँ तोकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *