उच्च पहाडी क्षेत्रमा वर्षासँगै हिमपात, किसान उत्साहित

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २

बाजुरा । बाजुराको उच्च हिमाली भेगमा गएरातिदेखि वर्षासँगै हिमपात भएको छ। बडीमालिका, बूढीगङ्गा त्रिवेणी, बूढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकाका लेकाली क्षेत्रहरूमा हिमपात देखिएको हो। हिमालीको विच्छ्या, रुगिन, बाँधु, गौमुलको अम्लिस, दहकोट, बूढीनन्दाको कुरु र पाण्डुसैन लगायतका स्थानमा यसको प्रभाव बढी परेको छ।

कृषि ज्ञान केन्द्रका प्रमुख जसीराम सहानीका अनुसार वर्षासँगै परेको हिउँले बालीबिरुवालाई फाइदा पुग्ने भएकाले किसानहरू खुसी भएका छन्।

यसैबीच डिभिजन वन कार्यालयले जङ्गली जनावरको चोरी सिकारी नगर्न सर्वसाधारणलाई सचेत गराएको छ। चोरी सिकारी गरे वन ऐनअनुसार कानुनी कारबाही हुने सूचना अधिकारी सुवासचन्द्र अयडीले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *