सोलुखुम्बुको उच्च हिमाली क्षेत्रमा हिमपात

DaksuMedia दाक्सु मिडिया
|
२०७८ कार्तिक ३

सोलुखुम्बुको उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रको उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले थामसेर्कु, आमाडब्लम, सगरमाथा लगायतका क्षेत्रमा हिमपात भएको जानकारी दिए । उनले भने, ‘बाहिर हुस्सु र कुहिरो अनि पानी परि रहेकोले थामसेर्कु हिमालमा बाहेक अन्यत्र राम्रोसित देख्न सकिएन, तर थामसेर्कुमा हिउँ परेकोले आमाडब्लम, एभरेष्ट लगायतका हिमालहरुमा हिउँ परेको छ ।’

जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा तल्लो क्षेत्रमा लगातार सोमबार देखि पानी परिरहेको छ । लगातारको पानीका कारण मानिसको जनजिवन समेत प्रभावित बनेको छ । चिसो समेत बढेको छ ।

नेचासहकर्मी धनकुमार ढुंगेलले पानीका कारण मानिस बाहिर आवतजावत कम भएको बताए । सल्लेरी क्षेत्रमा पनि मुसलधारे पानी परेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति र भोलिसम्म नै निरन्तर ठूलो पानी पर्ने र पर्सिदेखि भने मौसममा सामान्य सुधार हुँदै जाने महाशाखाले जनाएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *